नेप्सेमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

डिसी नेपाल
९ माघ २०७८ १३:०६
428
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आइतबारको कारोबारमा विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयरमा सर्किट लागेको हो।

नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको हो। कम्पनीको शेयर मूल्य प्रतिकित्ता ८३ रुपैयाँ १० पैसाले बढेर ९ सय १४ रुपैयाँ १० पैसा पुगेको छ । यस्तै,  बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयर मुल्यमा ९.९० प्रतिशतले बढेको हो। कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३१ रुपैयाँ ६०  पैसाले बढेर ३ सय ४८ रुपैयाँ १० पैसा पुगेको छ ।

दुवै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.