आइतबार १०.८३ अङ्कले घट्यो नेप्से परिसूचक, दुई कम्पनीको सेयरमा सर्किट
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक १०.८३ अङ्कले घटेर २ हजार ९२०.५१ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार २७७ कित्ता शेयर खरिद बिक्री हुँदा ७ अर्ब ३ करोड ५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
कारोबारका आधारमा नेपाल दुरसंचार कम्पनी अग्रस्थानमा रहेको छ। यस कम्पनीको ३२ करोड १४ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य १ हजार ५ सय १३ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : अपि पावर कम्पनी र एनआइसी एशिया बैंकको कारोबार भएको छ ।
आज सबैभन्दा बढी विन लघुवित्त वित्तीय संस्था र बुद्ध भुमि नेपाल हाइड्रोपावरको भएको छ। विन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने बुद्ध भुमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ। त्यस्तै, सिमलिङ्ग पावर र गोर्खाज फाइनान्सका लगानीकर्ताले गुमाएका छन्।







डिसी नेपाल








Facebook Comment