निरन्तर घट्दै सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ। सोमबार छापावाला सुन प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ४० रुपैयाँ कायम भएको छ। चाँदी प्रति तोला १० रुपैयाँले घटेको हो। आइतबार चाँदी प्रति तोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७८ हजार ७ सय ५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६३ रुपैयाँ कायम भएको छ ।







डिसी नेपाल








Facebook Comment