सामान्य बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ। मंगलबार छापावाला सुनको मूल्य ९१ हजार ९ सय रुपैयाँ कायम भएको छ। एक सातादेखि निरन्तर घटिरहेको छापावाला सुनको मूल्य आज १ सयले बढेर ९१ हजार ९ सय रुपैयाँ कायम भएको हो।
गत माघ १२ गते छापवाला सुनको मूल्य ४ सयले बढेर ९४ हजार ४ सय रुपैयाँ पुगेको थियो। त्यसपछि माघ १३ र १४ गते छापवाला सुनको मूल्य ९ सयले घटेर ९२ हजार ६ सय रुपैयाँ कायम भएको थियो। त्यस पछि फेरी माघ १६ र १७ गते ४ सयले घटेर ९१ हजार ८ सय रुपैयाँ पुगेको थियो।
नेपाल सुनचाँदी व्यवसायिक महासंघका अध्यक्ष माणिक रत्न शाक्यका अनुसार अहिले सुनको मूल्य घट्नुको कारण भू -राजनीति रहेको बताए। उनले भने, ‘पछिल्लो समयमा रुस र युक्रेनबीच भूभागसम्बन्धि तनाब बढेको हुनाले सुनको मूल्य वृद्धि भएको थियो। तर अहिले उक्त तनाब केहि साम्य भएको अवस्था रहेको छ जसले गर्दा सुनको मूल्य घटेको हो।’
यसरी घट्दै गरेको सुनको मूल्य आज १ सय रुपैयाँले बढेर ९१ हजार ९ सय रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजावी सुन ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रति तोला १ हजार २ सय ४० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७८ हजार ७ सय ९० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६३ रुपैयाँ कायम भएको छ।







डिसी नेपाल








Facebook Comment