दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

डिसी नेपाल
१८ माघ २०७८ ११:५०
84
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार सुरु भएको एक घण्टा नबित्दै विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर मूल्य सर्किट लागेको हो।

विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।

विन नेपाल लघुवित्तको शेयर मूल्य १ सय २१ रुपैयाँ ६० पैसाले बढेर प्रतिकित्ता १ हजार ३ सय ३८ रुपैयाँ २० पैसा पुगेको छ । यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता ४६ रुपैयाँ ३० पैसाले बढेर ३ सय ९ रुपैयाँ ५० पैसा पुगेको छ।

यी दुवै कम्पनीको सेयर खरिद माग अधिक रहेको अत्याधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.