आईएमई जनरल इन्स्योरेन्सले पायो संस्थापक सेयर बिक्री गर्ने अनुमति

डिसी नेपाल
१८ माघ २०७८ १२:४९
60
Shares

काठमाडौँ। हाथवे इन्भेस्टमेन्ट नेपालको नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने अनुमति प्राप्त गरेको छ। आईएमई जनरल इन्स्योरेन्समा रहेको हाथवे इन्भेस्टमेन्ट नेपालको नाममा रहेको संस्थापक सेयर बिक्री गर्न नियामक निकाय बीमा समितिले अनुमति दिएको हो।

समितिले हाथवे इन्भेस्टमेन्टको नाममा रहेको २ लाख ९ हजार ८०९ कित्ता संस्थापक सेयर बिक्री गर्ने अनुमति दिएको हो। बीमा समितिले ३ महिनाभित्र सेयर बिक्री गरी जानकारी गराउन पनि आईएमई जनरल इन्स्योरेन्सलाई निर्देशन दिएको छ।

हाथवेले संस्थापक सेयर बिक्रीका लागि पत्राचार गरेसँगै आईएमई जनरल इन्स्योरेन्सको गत पुस २५ मा बसेको सञ्चालक समितिले बीमा समितिको स्वीकृतिका लागि पत्राचार गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.