एकै दिनमा ३ अर्बले घट्यो निक्षेप
काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन एकदिनमा ३ अर्बले घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ १६ गते निक्षेप ३ अर्बले घटेर ४८ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । माघ १४ गते बैंकहरूको निक्षेप ४८ खर्ब ७२ अर्ब रूपैयाँ रहेको थियो।
बैंक तथा वित्तीय संस्थाको निक्षेप घटेपनि कर्जा लगानी भने स्थिर रहेको छ । माघ १४ गते ४६ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा माघ १६ गतेसम्म कुनै परिवर्तन नभई सोहि रकम रहेको तथ्यांकमा उल्लेख छ ।
माघ १४ गतेसम्म बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.२९ प्रतिशत रहेकोमा १६ गतेसम्ममा बढेर ९०.३३ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment