सेयर बजार राताम्मे, ३९.४० अङ्कले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
८ फागुन २०७८ १५:१९
72
Shares

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । आइतबार नेप्से परिसूचक ३९.४० अङ्कले घटेर २ हजार ६९३.१० विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३० कम्पनीको ७१ लाख २२ हजार २९९ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब ८ करोड ६४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा जीवन विकास लघुवित्त रहेको छ । यस कम्पनीको ५८ करोड २ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ५ हजार १ सय ३३ रुपैयाँ कायम भएको छ ।  त्यसपछि क्रमश : नेपाल दुरसंचार कम्पनी र अरुण भ्याली हाइड्रोपावरको कारोबार भएको छ ।

आइतबारको कारोबारमा १३ वटा उपसुचकमा १ वटा उपसुचक बढेको छ बाँकी सबै उपसुचक घटेको छ । आज नेप्सेमा युनाइटेड इदीमादी आरडी हाइड्रोपावर र तेह्रथुम हाइड्रोपावरका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन् भने नारायणी डेभलपमेन्ट बैंक र युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले अधिक गुमाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.