तीन सय आठ किलो गाँजा बरामद

डिसी नेपाल
२५ असार २०८३ २१:२४

इनरुवा (सुनसरी) । कोशी गाउँपालिका–७ भान्टाबारीस्थित केराबारी नजिकबाट ३०८ किलो गाँजा गएराति बरामद भएको छ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भान्टाबारीबाट खटिएको प्रहरीको टोलीले ३०८ किलो गाँजा बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए।

बरामद भएको गाँजा र संलग्न व्यक्तिको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *