दुई बैंकसहित ३ कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ। आइतबार नेपाल बंगलादेश बैंक, लक्ष्मी बैंक र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको हो।
नेपाल बंगलादेश बैंकको १ करोड ८ लाख ५ हजार ७ हजार ८५.४३ कित्ता बोनस सेयर सूचिकृत भएको हो। बैंकको आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ़्नो सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।
लक्ष्मी बैंकको ८५ लाख ५६ हजार ५ सय ५१.८९ कित्ता बोनस सेयर सूचिकृत भएको हो। बैंकको आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो।
गुराँस लाइफ इन्स्योरेन्सको १० लाख ८६ हजार ६ सय ५४ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीको आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ५.५००४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।







डिसी नेपाल








Facebook Comment