सुन ताेलाको ९७ हजार पुग्याे
काठमाडौँ। नेपाली बजारमा सुनकाे भाउ मंगलबार तोलमा आठ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ। यस्तै चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ। महासंघका अनुसार मंगलबार चाँदी ताेलाकाे एक हजार तीन सय १५ रुपैयाँ निर्धारण भएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment