१७.४२ अङ्कले बढ्यो नेप्से परिसूचक, कारोबार ३ अर्व २१ करोडमाथि
काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ । मंगलबार नेप्से परिसूचक १७.४२ अङ्कले बढेर २ हजार ७३५.९३ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२८ कम्पनीको ६० लाख ८१ हजार ६०२ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब २१ करोड २८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
कारोबारका आधारमा नेपाल दुरसंचार कम्पनी रहेको छ । यस कम्पनीको २१ करोड ४९ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य १ हजार ७ सय ७९ रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमश : अरुण भ्याली हाइड्रोपावर र जीवन विकास लघुवित्तको कारोबार भएको छ ।
मंगलबारको कारोबारमा १३ वटा उपसुचकमा ११ वटा उपसुचक बढेको छ र २ वटा उपसुचक घटेको छ । आज नेप्सेमा मैलुङ्ग खोला जलबिद्युत र युनाइटेड इदीमादी आरडी हाइड्रोपावरका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन् भने सिभिल लघुवित्त वित्तीय संस्था र नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताले अधिक गुमाएका छन् ।







डिसी नेपाल








Facebook Comment