‘सेयर बजार घटेर लगानीकर्ताहरु रगतको आशु रुँदा पनि सरकारले वास्ता गरेन’

डिसी नेपाल
१० फागुन २०७८ १५:०१
200
Shares

काठमाडौँ । अहिले नेपालको सेयर बजारमा लगानी बढ्दै गइरहेको छ। डिसी नेपालको द नेपाल सोमा अन्तरबार्ता दिँदै सेयरबजार विश्लेषक नानीबाबु खरेलले सेयर बजार ओरालो लग्नुका कारण राजनीतिक दलका नेताहरुको भूमिका अधिक रहेको बताएका छन् । राजनीतिक दलका ठुल-ठुला नेताहरुले गर्दा सेयर बजार ओरालो लागेको उनको विश्लेषण रहेको छ । उनले भने,’राजनीतिक दलका ठूला नेताहरुले सेयर बजारलाई अनुत्पादक क्षेत्र र सामन्ति वर्गहरु गर्न चलखल हो ।’ राजनीतिक दलहरुले सेयर बजारलाई अनुत्पादनसिल क्षेत्र र सामन्तीवर्गको क्षेत्र भनेर शब्द प्रयोग गर्द लगानीकर्ताहरु सेयर बजारमा लगानी गर्न हिच्किचाएको बताएका छन्।

केही समय अगाडी पुर्व प्रधानमन्त्री तथा अर्थमन्त्री बाबुराम भटराईले पनि सेयर बजार अनुत्पादित क्षेत्र र जुवा खालभन्दै संज्ञा दिएका थिए। यस्तै सेयर बजार अनुत्पादनसिल क्षेत्र भएको र देशको लागि आवश्यक नभएको बस्तु हो भनि पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले मिडियामा भाषण दिएका छन् ।

अहिले सेयर बजारमा ५० लाख सेयरधनी रहेको र उनीहरुको ४४ खर्ब लगानी भएको उनले बताए। उनले विगत सम्झिदै भने,’म सेयरबजार प्रवेश गरेको समयमा १० हजारदेखि २० हजार पनि सेयरधनी थिएन  तर अहिले ५० लाख जनताको डिम्याट खाता रहेको छ ।’

नेपालका नेताहरुले सेयर बजारलाई अनुत्पादित क्षेत्र भनिरहदा अन्तर्राष्ट्रिय क्षेत्रमा भने मज्जाले फस्टाइरहेको छ । यदि विश्व भरि नै सेयर बजार फस्टाएमान नभई क्राइसेसमा गएको भए राजनीतिज्ञले सेयर बजारमा गरेको विश्लेषणको केही तुक हुने लगानीकर्ता नानीबाबु बताउँछन् ।

जर्नादन शर्मा अर्थमन्त्री हुँदा सेयर लगानीकर्ताहरुले धेरै आशा गरेका थिए । तर लगानीकर्ताहरुको आशालाई पूर्व अर्थमन्त्री शर्माले निरासामा परिणत गरिदिए । सेयर लगानीकर्ताहरुको भावनालाई वेवास्ता गर्दै अर्थमन्त्री र गर्भनरबिच आपसी द्वन्दमा अल्झिए । फलस्वरुप ३२ सयको बजार घट्दै-घट्दै २२ सयसम्म झर्यो । डेढ महिनाको अन्तरालमा इतिहासमा नै कहिलै नघटेको १ हजार अंकले सेयरबजार घट्दा सेयर लगानीकर्ताहरु ओठ तालु सुकाएर रगतको आशु रोएको नानीबाबु बताउँछन्।

उनी सरकारप्रति आक्रोशित हुँदै भन्छन्, ‘हाम्रो देशमा पनि राज्य छ र ? यो देशमा पनि अर्थमन्त्री छ र ? यो देशमा पनि गर्भनर छ ? यो देशमा पनि प्रधानमन्त्री छ र ?’ । सरकारले सेयर बजार प्रति बेवास्ता गर्दा लगानीकर्ता मर्कामा परेको उनले दुखेसो पोखे । अहिले नेपालमा ५० लाख सेयरधनीको लगानी ४४ खर्ब रहेको छ।

नेपालमा अहिले ५९ वटा मात्र बोक्रर हाउस् छन् । तर यता लगानीकर्ताहरु भने ५० लाख पुगिसकेका छन् । यसरी बढ्दो लगानीकर्ताहरुको चापलाई यतिमात्र ब्रोकर हाउस्ले थेग्न नसक्ने नानीबाबु बताउँछन् । उनले भने,’म प्रवेश गरेको समयमा १० हजारदेखि २० हजार पनि सेयरधनी थिए । अहिले लाख पुगिसकेका छन् तर ब्रोकर हाउसको संख्या भने उही छ ।’

ब्रोकर हाउसको चाप नियन्त्रण गर्न वाणिज्य बैंकहरुलाई ब्रोकरको लाइसेन्स दिनु पर्ने लगानीकर्ताहरुले माग गरेका छन् । नेपालमा साना लगानीकर्ताहरु सेयर किनबेचमा अल्मलिरहेका पाइन्छ । नेपालमा सेयर किन्न सजिलो भए पनि बेच्ने प्रक्रिया भने झन्झटिलो छ ।

नानीबाबु भन्छन्, यहाँ १० कित्ता सेयर धनीलाई बेच्ने बेला ब्रोकर कम्पनीहरुले बेवास्त नगर्ने गरेको बताउँछन् । यदि वाणिज्य बैंकहरुलाई ब्रोकरको लाइसेन्स दिने हो भने यो समस्या समधान हुने उनको तर्क छ । नेपालमा सेयर बजारसंग सम्बन्धि कुनै पनि निकायले शिक्षा नदिँदा लगानीकर्ताहरुलाई सेयरबजार बुझ्न गाह्रो भएको छ । नेपालमा राजनीतिक दलहरुले सेयरबजार प्रति आफ्नो धारण परिवर्तन नगरे आगमी निर्वाचनमा ५० लाख सेयरधनीले भोट नदिने धम्की समेत दिएका छन् । नानीबाबु भन्छन्, ‘सरकार सेयर लगानीकर्तालाई वेवास्ता नगर, यदि गरिएमा हामी ५० लाख लगानीकर्ता नो भोट नीतिमा जान्छौं ।’

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.