दुई बैंकसहित ४ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?

डिसी नेपाल
११ फागुन २०७८ ९:२४
284
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४ कम्पनीको ३ करोड ९० लाख ७५ हजार ४४६.७९ कित्ता बोनस सेयर सूचिकृत भएको छ। सेयर सूचिकृत हुनेमा ग्लोबल आइएमइ बैंक, प्रभु बैंक, बुटवल पावर कम्पनी र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था रहेको छ।

ग्लोबल आइएमइ बैंकको २ करोड १६ लाख ३२ हजार ५०३.०३ कित्ता बोनस सेयर सूचिकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

प्रभु बैंकको १ करोड ३६ लाख १६ हजार ४६८.७६ कित्ता बोनस सेयर सूचिकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो।

बुटवल पावर कम्पनीले २९ लाख ४९ हजार ६६३ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले ८ लाख ७६ हजार ८१२ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.