दुई कम्पनीको सेयर मूल्य समायोजन, समायोजनपछि भाउ कति ?

डिसी नेपाल
११ चैत २०७८ ११:२४
152
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ। जीवन विकास लघुवित्त वित्तीय संस्था र नेपाल दूरसञ्चार कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।

जीवन विकास लघुवित्तको ७० प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको हो।  समायोजन पछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ३ हजार रुपैयाँ कायम भएको छ । यस अघि नेप्सेमा कम्पनीको सेयर कारोबार ५ हजार १०० रुपैयाँले कारोबार भएको थियो ।

नेपाल दूरसञ्चार कम्पनीको २० प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको हो।  समायोजन पछि कम्पनीको सेयर मूल्य प्रति कित्ता १ हजार २२० रुपैयाँ ८३ पैसा कायम भएको छ । यस अघि नेप्सेमा कम्पनीको सेयर कारोबार १ हजार ४६५ रुपैयाँले कारोबार भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.