बुधबार ५.१७ अङ्कले बढ्यो नेप्से परिसूचक, कारोबार रकम १ अर्व ८ करोड
काठमाडौं । साताको कारोबार चौथौ दिन बुधबार सेयर बजार बढेको छ। बुधबार नेप्से परिसूचक ५.१७ अङ्कले बढेर २ हजार ३७६.१७ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ८ करोड ९९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा अपि पावर अग्रस्थानमा रहेको छ। यस कम्पनीको ५ करोड २१ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४ सय २२ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : हिमालयन डिस्टिलरी र नेपाल फाइनान्सको कारोबार भएको छ।
बुधबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ९ उपसुचक बढेको छ भने ४ उपसुचक घटेको छ। आज नेप्सेमा जल्पा सामुदायिक लघुवित्त र नेपाल फाइनान्सका लगानीकर्ताले अधिक कमाएका छन् भने सानिमा इक्युती फण्ड र सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले अधिक गुमाएका छन्।







डिसी नेपाल








Facebook Comment