दैनिक ५२० रुपैयाँ किस्तामा एमजी कोमेट ईभी किन्न सकिने, जीओ अटोमोबाइल्सको नयाँ योजना

डिसी नेपाल
२६ असार २०८३ १३:०२

काठमाडौं। गोल्छा अर्गनाइजेसन अन्तर्गतको जी.ओ. अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा स्मार्ट विद्युतीय कार एमजी कोमेट ईभी (MG Comet EV) को खरिदलाई थप सहज बनाउन नयाँ दैनिक ईएमआई योजना सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार अब ग्राहकहरूले दैनिक ५२० रुपैयाँ अर्थात् मासिक १५ हजार ५३५ रुपैयाँको किस्तामा यो गाडी आफ्नो बनाउन सक्नेछन्। यो रकम दैनिक रूपमा ट्याक्सी बुकिङ गर्ने वा व्यक्तिगत चालक राख्दा हुने खर्चभन्दा पनि कम पर्ने कम्पनीको दाबी छ।

जी.ओ. अटोमोबाइल्स प्रा.लि.का प्रबन्ध निर्देशक आकाश गोल्छाले विद्युतीय सवारीसाधन खरिदलाई ठूलो आर्थिक निर्णयका रूपमा भन्दा पनि सहज जीवनशैलीको स्वाभाविक रोजाइका रूपमा स्थापित गर्ने उद्देश्यले यो योजना ल्याइएको बताए।

उनले दैनिक ५२० रुपैयाँको किस्ता उपलब्ध भएपछि गाडी खरिदमा ग्राहकको अन्योल हट्ने विश्वास व्यक्त गरे।

नेपालका साँघुरा सडक, सहरी जीवनशैली र इन्धन खर्च बचत गर्न चाहने ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको यस गाडीले विलासिता र आराममा कुनै सम्झौता नगरी स्मार्ट एवं दिगो यात्राको अनुभव प्रदान गर्ने उनको भनाइ छ।

शुरुआती मूल्य १८ लाख ७५ हजार रुपैयाँ तोकिएको एमजी कोमेट ईभी विशेषगरी सहरी सडकलाई लक्षित गरी डिजाइन गरिएको कम्प्याक्ट विद्युतीय ह्याचब्याक हो।

चार जनासम्म सहज रूपमा यात्रा गर्न मिल्ने यसको केबिन दैनिक आवतजावत तथा सहरभित्रका नियमित यात्राका लागि अत्यन्तै उपयुक्त रहेको छ। एमजीको अत्याधुनिक विद्युतीय प्लेटफर्ममा आधारित यस गाडीमा १७.३ किलोवाट आवर (kWh) क्षमताको ब्याट्री र पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर जडान गरिएको छ।

यसले एकपटक पूर्ण चार्ज गर्दा एआरएआई (ARAI) प्रमाणित २३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने भएकाले दैनिक कामकाज तथा सप्ताहन्तको यात्राका लागि यो पर्याप्त मानिन्छ।

नेपालका सहरहरूमा बढ्दो सवारी चाप र इन्धनको चर्को मूल्यबीच यस गाडीको कम्प्याक्ट आकार र किफायती सञ्चालन खर्च मुख्य विशेषता हुन्। आकर्षक किस्ता सुविधामा उपलब्ध यो गाडी साँघुरा सडकका लागि सहज हुनुका साथै दैनिक ट्याक्सी प्रयोग गर्नेहरूका लागि यो निकै सस्तो र उपयुक्त विकल्प बन्न सक्ने कम्पनीले जनाएको छ।

यस योजनामार्फत जी.ओ. अटोमोबाइल्सले विद्युतीय सवारी खरिदको आर्थिक अवरोधलाई कम गर्दै ग्राहकहरूलाई आफ्नो मासिक बजेटभित्रै सहज रूपमा इभी अपनाउने अवसर प्रदान गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *