रसुवामा ९ जनाले लिए उम्मेदवारी फिर्ता

डिसी नेपाल
१६ वैशाख २०७९ २१:५१
40
Shares

रसुवा । हिमाली जिल्ला रसुवामा गाउँपालिका अध्यक्षको उम्मेदवारी दिएका मध्ये ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार आमाछोदिङ्मो गाउँपालिका अध्यक्षमा राप्रपाबाट उम्मेदवारी दिएका कामीगरा तामाङ, उत्तरगया गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दिएका सुनिल नगरकोटी, गोसाईकुण्ड गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दिएका नुर्पू तामाङ र कालिका गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दिएका सिताकुमारी पौडेल र रेबकुमार पौडेलले उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यसैगरि गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दिएका मध्ये ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नौकुण्ड गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रसबाट उम्मेदवारी दिएकी लालुमाया घलेको उम्मेवारी फिर्ता भएको छ ।

त्यसैगरि गाउँपालिकाको उपाध्यक्षका लागि स्वतन्त्रबाट उम्मेदवारी लिएका सुरेश लामा, कालिकागाउँपालिका उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवारी दिएका कृष्णबहादुर तामाङ र आमाछोदिङ्मो गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी समाजवादीबाट उम्मेदवारी दिएकी मुना तामाङले उम्मेदवारी फिर्ता लिएकी छिन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.