सेयर बजार ४८.७३ अङ्कले घट्यो, सबै उपसुचक राताम्मे

डिसी नेपाल
१९ वैशाख २०७९ १५:३३
52
Shares

काठमाडौं । नेपाली सेयर बजार सोमबार  घटेको छ । । सोमबार नेप्से परिसूचक ४८.७३ अङ्कले घटेर २ हजार ३०७.४४ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२८ कम्पनीको ३९ लाख ७८ हजार ७९ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ४२ करोड ३४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ। यस कम्पनीको ४ करोड ७३ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ३ सय ९५ रुपैयाँ ७० पैसा कायम भएको छ। त्यसपछि क्रमश : हिमालयन डिस्टिलरी र शिभम्को सिमेन्टको कारोबार भएको छ।

सोमबारको कारोबारमा १३ वटै उपसूचक घटेको छ । आज नेप्सेमा जल्पा सामुदायिक लघुवित्त र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले अधिक कमाएका छन् भने नेपाल फाइनान्स र युनियन हाइड्रोपावरका लगानीकर्ताले अधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.