हेटौंडामा रोचक प्रतिस्पर्धा : एकीकृत समाजवादी १ मतान्तरले अगाडि, पछ्याउँदै राप्रपा

डिसी नेपाल
२ जेठ २०७९ ७:५६
704
Shares

हेटौंडा। हेटौंडा उपमहानगरपालिकामा तीन पक्षीय प्रतिस्पर्धा रोचक बन्दै गएको छ। उपमहानगरपालिकाको ११ हजार ६७३ मत गनिसक्दा गठबन्धनबाट मेयरकी उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले जम्मा १ मतको अग्रता लिएकी छिन्।

लामाले ३ हजार ४५६ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ३ हजार ४५५ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्। एमालेका उम्मेदवार अनन्त पौडेलले ३ हजार ५३ मत प्राप्त गर्दै करिब ४०० मतले पछाडि रहेका छन्।

उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका राजेश बानियाँले ५ हजार १०३ मत प्राप्त गर्दै अग्रता लिइरहेका छन् भने एमाले उम्मेदवार सुमित्रा काफ्लेले ३ हजार ९५६ मत र राप्रपा उम्मेदवार इन्दिरा डल्लाकोटी न्यौपानेले ८६८ मत प्राप्त गर्दै दोस्रो र तेस्रो स्थानमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.