डडेल्धुरा : आलितालमा माओवादी र नवदुर्गामा कांग्रेस विजयी

डिसी नेपाल
२ जेठ २०७९ ८:४३
112
Shares

डडेल्धुरा। डडेल्धुराको आलिताल गाउँपालिकामा माओवादी केन्द्र र नवदुर्गा गाउँपालिकामा कांग्रेस विजयी भएकाे छ।

आलिताल : यहाँ कांग्रेसलाई हराउँदै माओवादी केन्द्र विजयी भएकाे हाे। अध्यक्षमा शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी रावल बोहरा निर्वाचित भएका छन्।

कांग्रेसका बलबहादुर गुरुङलाई हराउँदै अध्यक्षमा पार्की र कांगेसकै जलाकुमारी विष्ट (बोगटी)लाई पछि पार्दै मैना उपाध्यक्षमा विजयी भइन्। अध्यक्षमा निर्वाचित पार्कीले २३ सय ८९ मत ल्याए । उनका प्रतिद्वन्द्वी गुरुङले २२ सय २४ मत पाए। पार्कीले गुरुङलाई १ सय ६५ मत बढी ल्याएर हराएका हुन्।

उपाध्यक्षमा विजयी रावलले २६ सय २ मत प्राप्त गरिन्। कांग्रेसकी बोगटीले २२ सय ४१ मत ल्याइन्। यी दुईबीचको मतान्तर ३ सय ६१ रह्यो।

नवदुर्गा : यहाँ अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ। नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई हराउँदै अध्यक्षमा लक्ष्मीप्रसाद अवस्थी र उपाध्यक्षमा निर्मला विष्ट ‘बोगटी’ विजयी भएका हुन्।

एकीकृत समाजवादीका कविन्द्र विष्टलाई हराउँदै अध्यक्षमा अवस्थी र उपाध्यक्षमा समाजवादीकि चन्द्रा रूपालीलाई हराउँदै विष्ट विजयी भइन्। अध्यक्षमा निर्वाचित अवस्थीले २८७९ मत ल्याए । उनका प्रतिस्पर्धी विष्टले २६०६ मत पाए।

उपाध्यक्षमा विजयी विष्टले ३२०८ मत ल्याइन्। निकटतम प्रतिस्पर्धी चन्द्रा रूपालीले २३६७ मत पाइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.