पोखरा : गठबन्धन अगाडि, पछिपछि एमाले
पोखरा। पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारले मतान्तर झनै बढाएका छन्।
एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार धनराज आचार्यले २ सय १३ मतान्तर बनाएका छन्। उनले ३ हजार ६ सय ६२ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ३ हजार ४ सय ४९ मत पाएका छन्।
मेयरमा राप्रपाका शंकर खरालले ३ सय ८१ तथा स्वतन्त्र उम्मेदवार गनेस पौडेलले १ सय १८ मत ल्याएका छन्।
उपमेयरमा भने एमाले उम्मेदवारले अग्रता लिएकी छिन् । एमालेकी मन्जु गुरुङले ३ हजार ७ सय ७२ मत ल्याउँदा कांग्रेसकी कोपीला रानाभाटले ३ हजार ६ सय ६७ मत पाइन् । यहाँको वडा नम्बर १ मा एमाले र २ मा कांग्रेस प्यानल विजयी भैसकेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment