खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी
दिक्तेल। खोटाङको खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएको छ। गठबन्धनकातर्फबाट अध्यक्षमा माओवादी केन्द्रका उदिमबहादुर राई र उपाध्यक्षमा कांग्रेसका रुपेश राई विजयी भएका हुन्। एमालेका उम्मेदवार कविता राईभन्दा ३८ मत बढी ल्याएर उदिमबहादुर अध्यक्षमा विजयी भएका हुन्।
उदिमबहादुरले ३७२८ र कविताले ३६९० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उपाध्यक्षमा विजयी रुपेशले ३७६३ मत पाएका छन्। उपाध्यक्षका अर्का प्रत्यासी एमालेका राजन बञ्जराले ३३१० मत पाएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment