सर्लाहीको बलरामा माओवादी केन्द्र विजयी
सर्लाही। सर्लाहीको बलरा नगरपालिकाका माओवादी केन्द्र विजयी भएकाे छ। बलरा नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन्। माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार रामाशंकर प्रसाद कुशवाह ४६४३ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार एवं निवर्तमान मेयर अभय कुमार सिहले ३६३१ मत प्राप्त गरे।
कुशवाह पेशाले शिक्षक हुन्। उन्ले निर्वाचन भन्दा केही समय पहिला उम्मेदवारी दिनकै लागि पदबाट राजिनामा दिएका थिए। उनी यस पहिला सम्म जिल्लाको गोडैता नगरपालिका स्थित बगदहमा रहेको श्री रामजानकी आधारभू विद्यालयका प्रधानाध्यापक थिए।
यस्तै उपमेयर पदमा पनि माओवादी केन्द्रकी उम्मेदवार कोशिला देवी विजयी भएकी छिन्। उनले ४३५१ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रागनी देवीले ३७४० मत मात्र प्राप्त गरिन्। यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा साे पालिकामा लोकतान्त्रिक समाजवादीले जितेको थियाे।
यस्तै यस पालिकाको बहुसंख्यक वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर १, ३, ४, ५, ७ र ८ गरी ६ वटा वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ भने, वडानम्बर ९, १० र ११ गरी ३ वडामा माओवादी केन्द्र विजयी भएको छ। यस्तै, २ नम्बर वडामा नेकपा एमाले र ६ नम्बर वडामा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार विजयी भएका छन्।







डिसी नेपाल








Facebook Comment