जितपुर सिमरा उपमहानगरपालिकामा माओवादी केन्द्र विजयी

डिसी नेपाल
५ जेठ २०७९ ७:१६
156
Shares

काठमाडौं। जितपुर सिमरा उपमहानगरको  प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन पौडेल निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार  उनले १८७४३ मत ल्याए। नेकपा एमालेकी सरस्वती देवी चौधरीले १७७९ मत पाइन्। यस्तै लोसपाका संजय कुमार साहले ५३८२ मत पाए।

उपप्रमुखमा भने नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। उपमेयरमा एमाले उम्मेदवार भोला अधिकारी १७ हजार ४९२ मत ल्याएर निर्वाचित भए।

उपमेयरमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी काङ्ग्रेसकी मेघा शाही १५ हजार ८४२ मत मात्र ल्याएकी छन्। लोसपाको तर्फबाट उपमेयर उम्मेदवार बिपी मोक्तानले पाँच हजार २७ मत पाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.