विवाद भएको पाल्पाको रम्भामा अझै मत गणना सुरु भएन

डिसी नेपाल
५ जेठ २०७९ ११:४९
40
Shares

पाल्पा। पाल्पाको रम्भा गाउँपालिका मत गणना कार्य अझै सुरु हुन सकेको छैन । वडा नं. ५ ताहुँको मत गणना गर्ने क्रममा विवाद भएपछि गत वैशाख ३१ गते साँझ ५ वजेदेखि गणना कार्य अगाडि बढ्न सकेको छैन ।

मत गणनामा खटिएका कर्मचारी र राजनीतिक दलका प्रतिनिधिले टिपोट गरेको सङ्ख्यामा एकरुपता नभएपछि विवाद हुँदा गणना कार्य स्थगित भएको निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले बताए। निर्वाचन आयोगबाट मत गणना गर्न आदेश आए पनि दलहरुबीच विवाद हँुदा प्रक्रिया अगाडि बढ्न नसकेको उनको भनाइ छ ।

खसेको मतभन्दा ७४ वटा मत फर्जी भेटिएपछि विवाद भएको हो । यहाँ एक हजार ९२२ मत खसेको थियो । सत्तारुढ गठबन्धनका विभिन्न दलहरुले विज्ञप्ति जारी गर्दै सार्वजनिक नतिजाप्रति असहमति जनाउँदै पुनः मतदानको माग गरेका छन् । मतगणना स्थलमा गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो ।

निर्वाचन अधिकृतको कार्यालय रम्भाले विभिन्न चरणमा बैठक बसी स्थगित गतगणना सुरु गर्न प्रयास गरिएपछि सफल नभएको जनाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा नौ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.