इनरुवा नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी
सुनसरी । सुनसरीको सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । । आज सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार प्रमुखमा नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका केदार भण्डारी र उपप्रमुखमा पार्टीका उम्मेदवार विनिताकुमारी मेहता विजयी भएका छन् ।
नेकपा एमालेका उम्मेदवार सरोजकुमार पोखरेललाई दुई हजार ७७१ मतान्तरले पराजित गर्दै भण्डारी नगरप्रमुखमा निर्वाचित भएका हुन् । भण्डारीले ११ हजार ६१६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी पोखरेलले नौ हजार ५३ मत प्राप्त गरे । त्यसैगरी उपप्रमुखमा नेकपा (एमाले)का सहजादी प्रवीणलाई एक हजार ९१८ मतान्तरले पराजित गर्दै मेहता विजयी भएका हुन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment