नेपालगन्ज उपमहानगरमा कांग्रेस विजयी
नेपालगन्ज। नेपाली कांग्रेसले उपमहानगरपालिकामा पनि खाता खोलेको छ। उसले बाँकेको नेपालगन्ज महानगरपालिकामा जितेको हो। प्रशान्त विष्ट मेयरमा निर्वाचित भएका हुन्।
उनी २३ हजार ४६० मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका पशुपति दयाल मिश्रले ११ हजार ६ सय ७५ मत पाए।
विष्ट गठबन्धनबाट उम्मेदवार बनेका थिए। उपमेयरमा जनता समाजवादी पार्टीका मरुद्दिन राई १७ हजार ९५० मतसहित निर्वाचित भएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment