स्थानीय तहमा कांग्रेसका १२ हजार ३४५ जनप्रतिनिधि निर्वाचित

डिसी नेपाल
६ जेठ २०७९ १३:०७
96
Shares

काठमाडौं। निर्वाचन आयोगले गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा हालसम्म नेपाली कांग्रेसका १२ हजार ३४५ जना जनप्रतिनिधि निर्वाचित भएको जनाएको छ। पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएका हुन्।

आयोगले वैशाख ३० गते सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन गरेको थियो। निर्वाचनमा ३५ हजार २२१ पदको लागि १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए। निर्वाचन भएकामध्ये ६३८ पालिकाको मतगणना सम्पन्न भइसकेको आयोगले जनाएको छ । ती पालिकामा हालसम्म नेपाली कांग्रेसका १२ हजार ३४५ जना उम्मेदवार विजयी बनेका छन्।

आयोगका अनुसार प्रमुखमा १०२, अध्यक्षमा १८०, उपप्रमुखमा ७७, उपाध्यक्षमा १८०, वडा अध्यक्षमा २ हजार ३९३, महिला सदस्यमा २ हजार ३५४, दलित महिला सदस्यमा २ हजार २९५ र सदस्यमा ४ हजार ७६४ जना कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.