अछामको साँफेबगरमा पुनः मतदान सम्पन्न

डिसी नेपाल
६ जेठ २०७९ १९:४७
56
Shares

अछाम । साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा भएको पुनः मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

आज बिहान ७ बजे सुरु भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो ।

३० वैशाखमा झडपका कारण रद्द भएको मतदान पुनः भएको हो। मतदान केन्द्र राष्ट्रिय माध्यमिक विद्यालयमा सुरक्षा कडा पारिएको थियो ।

सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षाको जिम्मा लिएका थियो । १ हजार ९ सय ६७ मतदाता रहेका बाब्लामा जम्मा १ हजार २ सय ४३ मत खसेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.