विराटनगरको मेयरमा कांग्रेसका कोइराला, उपमेयरमा एमालेकी कार्की निर्वाचित

डिसी नेपाल
७ जेठ २०७९ ६:३१
164
Shares

विराटनगर। विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला निर्वाचित भएका छन्। गठबन्धनबाट साझा उमेदवार बनेका नागेशले ३० हजार १ सय ७० मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले २१ हजार ४ सय ५५ मत पाए।

यस्तै स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ८७९५ मत पाए। राप्रपाका प्रल्हाद प्रसाद साहले ५२१६ मत पाएका थिए।

उपमेयरमा भने गठबन्धनलाई हराउँदै एमाले निर्वाचित भएको छ। एमालेकी शिल्पा कार्की २५ हजार ६ सय ८० मतसहित उपमेयरमा निर्वाचित भएकी हुन्।

उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत मात्रै पाए। यस्तै राप्रपाकी विन्दा कुमारी लुइटेल आचार्यले ६४०१ मत पाइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.