भरतपुर महानगरपालिकामा रेनुको फराकिलो अग्रता

डिसी नेपाल
७ जेठ २०७९ ११:३७
1.6k
Shares

भरतपुर। चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो अग्रता कायम गरेकी छिन् । पछिल्लो परिणामअनुसार उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा ५ हजार ५१८ मतले अगाडि देखिएकी छन् ।

७३ हजार ७८७ गणना गर्दा मेयरकी उम्मेदवार रेनुले २८ हजार ६०८ मत प्राप्त गरेकी छिन् भने एमालेका उम्मेदवार विजय सुवेदीले २३ हजार ९० मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार १३ मत ल्याएका छन् ।

उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ३० हजार ९०१ मत ल्याएका छन् भने एमालेले समर्थन गरेकी राप्रपाकी हिमला गुरूङले १७ हजार ९२० मत ल्याएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.