कञ्चनपुरको भीमदत्त नगरपालिकामा कांग्रेस विजयी
महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। मेयरमा पदम बोगटी र उपमेयरमा निलम जोशी विजयी भएका हुन्।
बोगटी १५ हजार ८ सय ८२ मतसहित मेयरमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश पन्तले ८ हजार १ सय ७९ मत प्राप्त गरे । राप्रपाका गजेन्द्रबहादुर चन्दले ७ हजार १ सय ५ मत पाएका छन्।
त्यस्तै, उपमेयरमा १२ हजार २ सय १६ मतसहित जोशी निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका कृष्णदत्त जोशीले १० हजार ५ सय ९६ मत प्राप्त गरे। भीमदत्त कन्चनपुर जिल्लाको सदरमुकाम पनि हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment