लुम्बिनी नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमाले निर्वाचित

डिसी नेपाल
१० जेठ २०७९ ६:४४
44
Shares

भैरहवा। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ।

कांग्रेसका सजरुद्दीन मुसलमान ८ हजार २११ मतसहित मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका चन्द्रकेश गुप्ता २ हजार ६१५ मतको अन्तरले पराजित भए। गुप्ताले ५ हजार ५९६ मत पाए।

उपमेयरमा एमालेकी कल्पना हरिजन निर्वाचित भएकी छन्। ६ हजार १६९ मत पाएर निर्वाचित हुँदा जनता समाजवादी पार्टीकी सबनम जहाँ शेषले ४ हजार ९०९ मत पाएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.