कटारीको मेयरमा लिड गरिरहेको गठबन्धन उपमेयरमा भने चौथो स्थानमा हुत्तियो
काठमाडौं।उदयपुरको कटारी नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राजेसचन्द्र श्रेष्ठले अग्रता लिएका छन्।श्रेष्ठले ५४४८ मत सहित अग्रता लिएका छन्।उनलाई पछ्याउँदै नेकपा एमालेका ज्ञानेन्द्र श्रेष्ठले ४६६५ मत प्राप्त गरेका छन्।
ज्ञानेन्द्र कटारीका निवर्तमान मेयर समेत हुन्।उपप्रमुखमा भने एमालेकी गीता खड्काले अग्रता लिइरहेकी छिन्। खड्काले ५०४८ मत प्राप्त गर्दै सुरुवात देखि अग्रता लिएकी हुन्।उनलाई पछ्याउँदै नेकपा (एकीकृत समाजवादी)का ह«दयबहादुर तामाङले ३२८५ मत प्राप्त गरेका छन्।
स्वतन्त्र उम्मेदवार कृष्णबहादुर थापा क्षेत्रीले ३०३८ मत सहित तेस्रो स्थानमा छन्। गठबन्धनको तर्फबाट उपप्रमुखको उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का दिवस कटुवाल भने ३०२५ मत सहित चौथो स्थानमा रहेका छन्।कटारीमा कांग्रेस र माओवादीले गठबन्धन गरेर उम्मेदवारी दिएका छन्।







डिसी नेपाल








Facebook Comment