१५ वर्षपछि घर फर्किंदै गरेकी आमाको उडिरहेको विमानमा छोराछोरीकै अगाडि मृत्यु

डिसी नेपाल
२५ साउन २०७९ १२:११
760
Shares

हङकङ। हङकङबाट बेलायतका लागि उडेको विमानमा एक महिलाको आफ्ना छोराछोरी र श्रीमानका अगाडि नै मृत्यु भएको छ। गो फन्ड मी पृष्ठका अनुसार हेलेन रोड्स १५ वर्षसम्म हङकङमा बसेपछि आफ्नो परिवारसँग ‘नयाँ साहसिक कार्यको लागि बेलायत फर्किन पाउँदा उत्साहित थिइन्।

तर, लामो दूरीको उडानको केही घण्टापछि रोड्स अगस्ट ५ मा संसारबाटै बिदा लिइन्। ‘उडानको बाँकी ८ घण्टा हेलेन चीर निन्द्रामा रहिन। उक्त क्षण परिवारको लागि अत्यन्तै पीडादायी भए पनि तिनीहरू सबैले उनलाई के भन्न आवश्यक छ भन्ने समय पाएका थिए’, गो फन्ड मी पृष्ठमा लेखिएको छ।

‘यो हानि अकल्पनीय छ । हेलेन एक समर्पित पत्नी र आमा थिइन् । उहाँ आफ्नो परिवारलाई एकसाथ राख्ने व्यक्ति हुनुहुन्थ्यो’ अगाडि भनिएको छ। उनका छोराछोरीहरू विमान अवतरण नहुन्जेल बाँकी समय आफ्नी आमाको छेउमा बसेका थिए, जुन परिवारका लागि निकै पीडादायी क्षण थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *