तीन महिनामा अलिबाबाका झन्डै १० हजार कर्मचारी कटौती

डिसी नेपाल
२६ साउन २०७९ १०:२८
144
Shares

बेइजिङ। चिनियाँ इ–कमर्स कम्पनी अलिबाबा ग्रुप होल्डिङ लिमिटेडले तीन महिनामा करिब १०, हजार कर्मचारीलाई बर्खास्त गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। अलिबाबाको जुन महिनामा खुद आम्दानीमा ५० प्रतिशतले गिरावट आएको रिपोर्ट सार्वजनिक भइरहेका बेला उसले कर्मचारी कटौती गरेको हो । सुस्त बिक्री र देशमा मन्द अर्थतन्त्रबीच खर्च कटौती गर्ने प्रयास भएको हो।

कम्पनीले जुन त्रैमासिकमा ९,२४१ भन्दा बढी कर्मचारी कटौती गरेको थियो। कम्पनीले अहिलेसम्म हजारौँ कर्मचारी कटौती गरिसकेको छ। कम्पनीले जुन त्रैमासिकमा आफ्नो खुद आम्दानीमा ५० प्रतिशतले कमी आई २२.७४ बिलियन युआन (अमेरिकी डलर ३.४ बिलियन) पुगेको रिपोर्ट गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा ४५.१४ बिलियन युआन थियो।

अलिबाबाको स्थापना सन् १९९९ मा भएको थियो। माले सन् २०१५ मा ड्यानियल झाङलाई सीईओ र सन् २०१९ मा अध्यक्षको रूपमा नियुक्त गरेपछि कम्पनीमा ठूलो फेरबदल भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *