गाडी ओभरटेक गरेको भन्दै हिन्दू परिवारमाथि आक्रमण
इस्लामाबाद। पाकिस्तानको सिन्ध प्रान्तमा एक राजनीतिज्ञका आफन्त र उनका सहयोगीले गाडी ओभरटेक गरेको भन्दै एक हिन्दू परिवारलाई आक्रमण गरेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।
एक्सप्रेस ट्रिव्युनका अनुसार सिन्ध परिवारका एक पुरुष, तीन महिला र दुई बच्चाहरू कारमा यात्रारत थिए। स्थानीय राजनीतिज्ञका भतिजा शमशेर पिटाफीको गाडी ओभरटेक गर्न खोजेपछि उनीहरु आक्रमणमा परेका थिए।
हिन्दु परिवारको कारले पिटाफीको कारलाई ओभरटेक गरेपछि उनीहरूलाई पछ्याएका थिए। उनीहरू मन्दिरबाट फर्किने क्रममा आक्रमणमा परेका हुन्।
घटनाबारे एक प्रहरी अधिकारीले भने, ‘राजमार्गमा हिन्दू परिवारको कारले पिटाफीको कारलाई ओभरटेक गर्दा एक बच्चाले बाहिर आइसक्रिमको खोल फ्याकेका थिए, जुन पिटाफीको भिगो कारको विन्डशिल्डमा ठोक्किएको थियो । परिवारले गाडि नरोकेपछि पिटाफी आक्रोशित भएको पाइन्छ।’







डिसी नेपाल







Facebook Comment