सलमान रुस्दीपछि अब ह्यारी पोटरकी लेखिका जेके रोलिङलाई धम्की
काठमाडौं । लेखक सलमान रुस्दीमाथि चक्कु प्रहारपछि धेरैले यस घटनाको निन्दा गरिरहेका छन् । ह्यारी पोटरकी लेखिका जेके रोलिङले पनि ट्वीटमार्फत सलमान रुस्दीमाथि भएको आक्रमणको निन्दा गरेकी छिन् । अहिले उनलाई सलमान रुस्दीको समर्थन गरेको भन्दै ट्वीट गरेपछि ज्यान मार्ने धम्की आएको छ ।
जेके रोलिङ ५७ वर्षकी भइन् । रोलिङले ट्विटरमा एक प्रयोगकर्ताको धम्कीपूर्ण सन्देशको स्क्रिनसट साझा गरेकी छिन् । वास्तवमा, रोलिङले सलमान रुस्दीमाथि हमलापछि ट्वीटरमा लेखेकी थिइन् कि यस्तो घटनाबाट म निकै दुखी छु । उनले सलमान रुस्दी रुस्दीको समर्थनमा ट्वीट गरेकी थिइन् । उनको ट्वीटको जवाफमा एक प्रयोगकर्ताले लेखे, “चिन्ता नगर्नुहोस्, अर्को नम्बर तपाईंको हो।”
धम्कीपूर्ण ट्विट शेयर गर्दै रोलिङले ट्वीटरमाथि पनि आफ्नो आक्रोश पोख्दै प्रश्न पनि उठाइन् । ट्वीटरलाई ट्याग गर्दै उनले लेखेकी छिन्– के यी तपाईको गाइडलाइन्स हुन् ? उनले थप लेखेकी छिन्– ‘तपाईले कुनै पनि व्यक्ति वा मानिसहरूमाथि हिंसाको धम्की दिन सक्नुहुन्न । हामी हिंसाको प्रशंसालाई पनि निषेध गर्छौं।
.@TwitterSupport These are your guidelines, right?
“Violence: You may not threaten violence against an individual or a group of people. We also prohibit the glorification of violence…
“Terrorism/violent extremism: You may not threaten or promote terrorism…” pic.twitter.com/BzM6WopzHa
— J.K. Rowling (@jk_rowling) August 13, 2022
अचम्मको कुरा, रोलिङलाई धम्की दिएको ट्विटर ह्यान्डलले पनि सलमान रुस्दीमाथि आक्रमण गर्ने व्यक्ति हादीको प्रशंसा गरेको छ। सलमान रुस्दीमाथि २४ वर्षीय हादीले आक्रमण गरेका थिए । आक्रमणकारी मूलतः लेबनानका हुन्।
जब सलमान रुस्दी न्यूयोर्कमा एक कार्यक्रममा सहभागी भइरहेका थिए र उनी स्टेजमा पुगेका थिए, हादीले उनलाई छुरा प्रहार गरेका थिए । हाल लेखकको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ । अर्कोतर्फ आक्रमणकारीलाई चौटौका जिल्ला कारागारमा राखिएको छ ।
सलमान रुस्दीको स्वास्थ्यको बारेमा कुरा गर्दै, उनलाई भेन्टिलेटर सपोर्टबाट हटाइयो। उनको कलेजोमा क्षति पुगेको बताइएको छ । उनको एउटा आँखा पनि खतरामा रहेको बताइएको छ ।







डिसी नेपाल







Facebook Comment