चीनका राजदूतले ताइवानबारे भारतबाट यस्ता आशा व्यक्त गरे

डिसी नेपाल
२९ साउन २०७९ १४:१६
264
Shares

काठमाडौं । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि अब पहिलो पटक भारतका लागि चिनियाँ राजदूत सुन वेइडोङको टिप्पणी आएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै उनले ‘एक चीन’ नीतिलाई भारतले समर्थन दोहोर्‍याउन सक्ने आशा व्यक्त गरे।

वाइडोङको यो भनाइ यस्तो समयमा आएको हो जब भारतको तर्फबाट यो नीतिमा समर्थन दोहोर्‍याउनुपर्ने आवश्यकता नरहेको स्पष्ट गरिएको छ । वेइडोङले भने, “मलाई विश्वास छ कि ‘एक चीन’ नीतिप्रति भारतको दृष्टिकोण परिवर्तन भएको छैन। हामी आशा गर्छौं कि भारतले ‘एक चीन सिद्धान्त’लाई आफ्नो समर्थन दोहोर्‍याउन सक्छ।”

समाचार एजेन्सी पीटीआईका अनुसार वाइडोङले पूर्वी लद्दाखमा भएको गतिरोधको बारेमा दुवै पक्षले वार्ता जारी राख्नुपर्ने बताए। यसअघि शुक्रबार पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ‘एक चीन’ नीतिबारे उल्लेख गरेका थिएनन् । उनले ‘सान्दर्भिक’ नीतिमा भारतको अडान सबैलाई थाहा भएको र यसलाई दोहोर्‍याउन आवश्यक नरहेको बताए ।

पेलोसीको ताइवान भ्रमणपछि करिब १६० देशले एक चीन नीतिलाई समर्थन गरेको चीनले दाबी गरेको छ । चीनले ताइवानलाई आफ्नो प्रान्त मान्छ। भारतले एक चीन नीतिलाई समर्थन गरेको थियो, तर एक दशकभन्दा बढी समयदेखि सार्वजनिक रूपमा वा द्विपक्षीय दस्तावेजहरूमा यो अडान दोहोर्याइएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *