श्रीलंकाको अवस्थामा पुग्यो बंगलादेश, पेट्रोल र डिजेलको मूल्य ५० प्रतिशत बढ्यो, जनता सडकमा

डिसी नेपाल
२९ साउन २०७९ १४:२२
1.2k
Shares

काठमाडौं । विश्वको तीव्र गतिमा बढिरहेको अर्थतन्त्र बंगलादेशमा एक सातामै पेट्रोल र डिजेलको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको छ । बंगलादेशले यो महंगीको लागि युक्रेन युद्धलाई दोष दिइरहेको छ तर आक्रोशित जनता सडकमा उत्रिएका छन् ।

बंगलादेश श्रीलंका र पाकिस्तानपछि तेस्रो दक्षिण एसियाली देश हो, जहाँ महंगीले आकाश छोइरहेको छ र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग ऋण मागेको छ। बंगलादेशमा पेट्रोलको मूल्य प्रतिलिटर ८६ टाकाबाट बढेर १३० टाका (१७४ नेपाली रूपैयाँ) पुगेको छ । त्यसैगरी डिजेल र मट्टितेलको मूल्य पनि ४२ दशमलव ५ प्रतिशतले बढेको छ ।

बंगलादेशका उर्जा मन्त्री नसरुल हमिदले आकाश छोएको महंगीको बारेमा बीबीसी बंगलालाई भने, “हामीलाई थाहा छ कि मूल्यमा ठूलो वृद्धि भएको छ तर यदि अन्य देशका कारण इन्धनको मूल्य बढिरहेको छ भने हामी के गर्न सक्छौं?”

सरकारमाथिको कुप्रबन्धको आरोपलाई अस्वीकार गर्दै उनले आफ्नो सरकारले महंगीबाट बच्न धेरै छुट दिएको तर अहिले मूल्यवृद्धि रोक्न नसकिने बताए । “यदि विश्वव्यापी रूपमा मूल्य घट्यो भने, हामी केही व्यवस्था गर्ने प्रयास गर्नेछौं,” नसरुल हमिदले भने।

गत हप्ता इन्धनको नयाँ मूल्य घोषणा गरेपछि हजारौं बंगलादेशी नागरिकले देशभरका पेट्रोल पम्पहरूमा प्रदर्शन गरेका थिए। बंगलादेशमा विरोध प्रदर्शन, श्रीलंकामा जत्तिकै ठूलो नभए पनि, जनआक्रोश र असन्तुष्टि बढ्दै गएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *