लघुबिमा कम्पनीको लाइसेन्स खुला

डिसी नेपाल
१० भदौ २०७९ १४:४०
44
Shares

काठमाडौँ। लघुबिमा कम्पनीको लाइसेन्स खुलेको छ। बिमा समितिले ७ वटा लघुबिमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो।

सात प्रदेशमा एउटा एउटा हुने गरि ३ जीवन र ४ निर्जीवन लघुबिमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरी शुक्रबार सूचना प्रकाशित गरेको छ। लघु बीमा कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ हुने बताइएको छ। आगामी ३५ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।

सूचनामा उल्लेख गरेअनुसार लघु बिमामा यसअघि नै कुनै बिमा कम्पनीमा प्रतिहिस्सेदारी रहेको भए अर्थात् क्रस होल्डिङ हुने गरी लगानी गर्ने गरी आवेदन दिन पाइने छैन।

लघु बिमाको प्रस्ताव गर्दा आवेदकले काठमाडौं उपत्यका बाहिरका प्रदेश स्तरका लागि गर्नु पर्नेछ। जसमा छनौट गर्दा समितिले कुन प्रदेशमा मुख्य कार्यालयल राख्ने निर्धारण गर्नेछ।

सूचनामा भनिएको छ, ‘यसअघि नै प्राप्त भएका नयाँ लघु बिमा कम्पनी ल्याउने आवेदनलाई रद्द गर्दै आवेदकलाई पुनः प्रस्ताव गर्नुपर्ने र छनौट प्रतिस्पर्धाबाट हुनेछ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.