सुन तोलामा १२ सयले घट्यो, चाँदीको मूल्य पनि ओरालो

डिसी नेपाल
३० असार २०८३ ११:२६

काठमाडौं। स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँको गिरावट आएको छ।

मूल्य घटेसँगै आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ निर्धारण गरिएको छ। यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै सेतो धातु अर्थात् चाँदीको मूल्य पनि आज ओरालो लागेको छ। महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय ६० रुपैयाँ कायम गरेको छ। सोमबार स्थानीय बजारमा चाँदी प्रतितोला ४ हजार ३ सय ७५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावकै कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको व्यवसायीहरूले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *