सात सयले घट्यो सुनको मूल्य

डिसी नेपाल
१२ भदौ २०७९ १२:१८
100
Shares

काठमाडौँ। नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात सय र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो।

अघिल्लो शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार आठ रहेकोमा आज सात सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ छ। गत साताको शुक्रबार प्रतितोला ९५ हजार तीन सय रुपैयाँ रहेको थियो।

आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको महासंघले जनाएको छ। शुक्रबार तोलामा ११ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.