३ अर्ब १३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
काठमाडौँ। नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रिय बैंकले ९१ दिनको लागि ३ अर्व १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लगेजो हो। बैंकले जारी गर्न लागेको उक्त ट्रेजरी बिल मङ्सिर १३ गते परिपक्व हुनेछ।
ट्रेजरीको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुनेछ। सोमबार हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment