सोमबार घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९४ हजार ५ सय रुपैयाँ तोकिएको छ।
आइतबार प्रति तोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ६ सयले घटेर प्रति तोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ४५ रुपैयाँ कायम भएको छ। चाँदी मूल्य प्रति तोला १५ रुपैयाँले घटेको छ। आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment