माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.लि बीच भुक्तानी सेवा सम्झौता
काठमाडौँ। माछापुच्छ्रे बैंक लि. र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.लि द्धारा सञ्चालित मोको डिजिटल वालेट बीच कार्डमार्फत हुने डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ।
बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले मोको डिजिटल वालेटमा बैंकका कार्डहरु लिङ्क गरी विभिन्न सेवाहरु उपभोग गर्न सक्नेछन्। ग्राहकले उक्त बालेटमार्फत भिसा डेबिट र क्रेडिट कार्ड लिङ्क गरी मोबाईल टपअप, इन्टरनेटको, बिजुली, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट खरिद रकम भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन्।
यसैगरी बैंकका ग्राहकहरुले मोकोमार्फत स्क्यान टू पे को माध्यमबाट १,५०० भन्दा बढि विभिन्न मर्चेन्टहरुमार्फत कारोबार गरि रकम भुक्तानी समेत गर्न सक्नेछन्। त्यस्तै गरि बैंकका मर्चेन्टहरुले mVisa, alipay / Union Pay संग सम्बद्ध अन्तराष्ट्रिय कारोबारको QR बाटै भुक्तानी लिन सक्नेछन ।
देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले विभिन्न किसिमका नवीतम सेवा तथा सुविधाहरु ल्याई रहेको छ। साथै, बैंकले बढ्दो साइबर अपराधहरुलाई मध्यनजर गर्दै आफ्ना डिजिटल कारोबारहरुलाई अझ सुरक्षित र भरपर्दो बनाउदैँ आई रहेको छ।







डिसी नेपाल








Facebook Comment