मंगलबार अमेरिकी भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२१ भदौ २०७९ ९:०५
260
Shares

काठमाडौँ। मंगलबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ४६ पैसा र बिक्री दर १२७ रुपैयाँ ०६ पैसा कायम गरेको छ। सोमबार अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ३८ पैसा र बिक्री दर १२७ रुपैयाँ ९८ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १२६ रुपैयाँ ६७ पैसा र बिक्री दर १२७ रुपैयाँ २७ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १४६ रुपैयाँ ७३ पैसा र बिक्री दर १४७ रुपैयाँ ४२ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्री दर १३० रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ६७ पैसा र बिक्री दर ८७ रुपैयाँ ०७ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ४० पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ०८ पैसा र बिक्री दर ९ रुपैयाँ १२ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ९१ पैसा र बिक्री दर ३४ रुपैयाँ ०७ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ७० पैसा र बिक्री दर ३४ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ३० पैसा र बिक्री दर ९ रुपैयाँ ३५ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.