कुमारी बैंकको १८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
२६ भदौ २०७९ ११:५८
184
Shares

काठमाडौँ। कुमारी बैंकका संस्थापक सेयरधनीहरूले आइतबार २६ भदौदेखि आफ्नो नाममा रहेको १८ हजार ९३२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका छन्।

बैंकका संस्थापक सेयरधनी महेश सिंहले १७ हजार ९३२ र ललित बहादुर केसीले १ हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन्। सेयरको भाउ भने बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ। यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्।

खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आइतबारबाट ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा निवेदन पेस गर्नुपर्नेछ।

उक्त समयभित्र संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.