नेपालमा १०४ जनमा कोरोना संक्रमण, थप २ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५८७ जनाको नमूना परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ जनाको ज्यान गएको छ । नेपालमा हाल सक्रिय संक्रमितको सङ्ख्या दुई हजार ३१६ रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment